मिस पिस चितवन २०१७ को उपाधी सिमरनलाई

0
283

चितवन । सिमरन तिवारीले मिस पिस चितवन-२०१७ को उपाधि जितेकी छन् । भरतपुर महानगरपालिका घर भएकी तिवारीले आइतबार राति झण्डै ११ बजे मिस पिस चितवन २०१७ को ताज पहिरेकी हुन् ।

नवलपरासी गैंडाकोटको नारायणी रिसोर्टमा सम्पन्न प्रतियोगितामा उनले १२ जना प्रतिष्पर्धीलाई पछि पारिन् । मिस नर्स चितवन २०१४ की विजेता ममता पाण्डेले तिवारीको शिरमा ताज पहिराइदिइन् । ताजसँगै उनले मिस ट्यालेन्ट र मिस मल्टिमिडिया अवार्ड पनि जितिन् । यी अवार्डसँगै उनले नगद २५ हजार रुपैयाँ पनि हात पारिन् ।

प्रतियोगितामा फस्ट रनरअप सरिमा विश्वकर्मा र सेकेन्ड रनरअप सन्ध्या सुवेदी भए । उनीहरुले क्रमशः २० र १५ हजार नगद हात पारे ।

प्रतियोगितामा कुसुम विश्वकर्मा मिस पर्सनालिटी, सचिता सापकोटा मिस क्याटवाक, लल्मी गैरे मिस बव्ली, अनुसा शर्मा मिस फोटोजेनिक, र आयशा भट्टराई मिस स्माइल घोषित भए ।

सहज मिडिया प्रालिले आयोजना गरेको प्रतियोगिताको निर्णायकहरुमा मिस नर्स चितवन २०१४ की विजेता ममता पाण्डे, नायीका ओसीमा बानु, भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनी, समाजसेवी राकेशमान श्रेष्ठ र युवा ब्यवसायी शुसान्त सिंह ठकुरी थिए ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here