चर्चित गायिका मेलिना राइको गीत तिम्रो फूलबुट्टे चोली को म्युजिक भिडियो सार्बजनिक भएको छ।
लक्ष्मण वस्नेतको शब्द ,मोहन मगरको संगीत र रोशन बान्तवाको एरेञ्जमेन्ट रहेको आधुनिक गीत “तिम्रो फूलबुट्टे चोली”मा मेलिना राइलाइ स्वरमा सुवास कार्कीले साथ दिएका छन्। भने भिडियोमा भद्रगोलकी रक्षा र श्याम घिमिरेको रमाइलो अभिनय हेर्न सकिन्छ।
रबिन्द्र बरालको क्यामेरा, रबिन बि.क. को सम्पादन रहेको भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन्। बिदेशमा बसेर पनि गायक सुवास कार्कीले नेपाली गीत संगीतमा निरन्तर आफ्नो सांगीतिक कोसेली पस्कदै आएका छन्।