मोटरसाइकलमा पनि ‘जिपिएस’ लागू हुने

0
220

यातायात व्यवस्था विभागले गाडीसँगै मोटरसाइकलमा पनि (ग्लोबल पोजिसनिङ सिस्टम) जिपिएस राख्ने तयारी थालेको छ।

विभागले विश्व बैंकको सहयोगमा नेपालका सम्पूर्ण सवारी साधनमा जिपिएस लागू गर्न लागेको हो।

सुरूमा चारपांग्रे सवारीमा मात्र लागू गर्ने भनिएको जिपिएस दुई पांग्रेमा पनि उत्तिकै महत्वपूर्ण भएकोले काम अगाडि बढाइएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए।

‘यो आर्थिक वर्ष भित्रै योजनाको ‘कन्सेप्ट पेपर’ तयार गरेर विश्व बैंकसँग सहकार्य गर्ने तयारी सुरू गरेका छौं,’ उनले सेतोपाटीसगँ भने ‘योजना सफल भए आगामी अर्थिक वर्ष भित्रै काम सम्पन्न हुन्छ।’

जिपिएस ट्रयाकिङका लागि सबैभन्दा पहिले गाडीको संख्या, सडक, रूट र सवारीका प्रकार छुट्याउनु पर्नेछ। प्रणाली लागू भएपछि कुन रूटमा कति गाडी गुडीरहेका छन्, कुन गाडी कहाँ छ, गाडी कहाँ दुर्घटना भयोजस्ता जानकरी कन्ट्रोल रूममै बसेर थाहा पाउन सकिने छ।

जिपिएसको लागि सवारी धनीले २ देखि ३ हजार भन्दा धेरै खर्च गुर्नु नपर्ने दाहालले जानकारी दिए।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here