‘मोष्ट वान्टेड’ रेशम चौधरी, जो कैलाली १ बाट प्रतिनिधिसभा निर्वाचित भए

प्रमाणपत्र बुझाउने बारे कैलाली क्षेत्रनम्बर १ का मुख्य निर्वाचन अधिकृत अन्योलमा

0
411

टीकापुर हत्याकाण्डमा संलग्न रहेको भन्दै प्रहरीले खोजिरहेका रेशमलाल चौधरी प्रतिनिधि सभा सांसद निर्वाचित भएका छन् । राजपा उम्मेदवार चौधरी वाम गठबन्धनबाट एमालेकी उम्मेदवार गरिमा शाहलाई झण्डै २१ हजार मतअन्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । मंगलबार बिहान राजपा कार्यकर्ता र चौधरीका समर्थकहरु विजय उत्सव निकाल्ने तयारीमा छन् ।

विजयी उम्मेदवार प्रमाणपत्र बुझ्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पनि पुगेका छैनन् । चौधरीलाई प्रमाणपत्र कसरी बुझाउने भन्नेबारे कैलाली क्षेत्रनम्बर १ का मुख्य निर्वाचन अधिकृत अन्योलमा परेका छन् । यस विषयमा निर्वाचन आयोगको निर्देशन कुरीरहेको बताएका छन् ।

थारू आन्दोलन उत्कर्षमा पुगेको बेला ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । यो हत्याकाण्डको मुख्य योजनाकार रेशम चौधरी भएको सुरक्षा संयन्त्रको ठहर छ । हत्या आरोपमा धेरै जनालाई पक्रेर कारबाही प्रक्रिया अघि बढाइए पनि मुख्य आरोपी चौधरी भने फरार थिए।

 

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here