यसरी बिदा भए भरतमोहन अधिकारी

0
213

दिवंगत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्व उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ।

पूर्व उपप्रधानमन्त्री अधिकारीको पशुपति आर्यघाटमा आईतबार अपरान्ह राजकीय सम्मानका साथ अन्तष्टि गरिएको हो । उनलाई छोरीहरु लुना, लिमा र लिजाले दागवत्ति दिए। सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओडाएका थिए।

यसअघि धुम्बाराहीस्थित नेकपाको केन्द्रिय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओडाएर सम्मान गरेका थिए।

नेता अधिकारीको ८३ वर्षको उमेर गएराति निधन भएको थियो।

विक्रम संवत १९९३ साल बैशाख २२ गते बुबा रामप्रसाद अधिकारी र आमा पूर्णकुमारी अधिकारीको कोखबाट जन्मिएका नेता अधिकारीले २०५१ सालको पहिलो कम्युनिष्ट सरकारको अर्थमन्त्रीको रुपमा ल्याएको लोकप्रिय र जनप्रिय कार्यक्रमको नेपाल राष्ट्र र नेपाली जनताले सदा स्मरण गरिरहनेछन्। स्वर्गीय नेता अधिकारीको श्रीमती र ३ छोरी छन्।

सेतोपाटीमा प्रकासित तस्विरहरु

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here