मुम्बई । नयाँ वर्षमा बलिउडमा नयाँ अनुहार देखिने भएका छन् । २०१८ मा पनि बलिउडमा डेब्यु गर्ने तरखरमा केही कलाकारहरु छन् । यी हुन् नयाँ वर्षमा बलिउडमा नयाँ कमद चाल्ने प्रयासमा रहेको नयाँ अनुहारहरुः
१. आयुष शर्मा
सलमान खानका ज्वाई अर्थात अर्पिता खानका श्रीमान् आयुष शर्मा बलिउडमा डेब्यु गर्नको लागि तम्तयार रहेका छन् । आयुषलाई स्वयम् सलमानले नै बलिउडमा छिराउँदै छन् ।
२. ईशान खट्टर
बलिउडमा जमिसकेका नायक शाहिद कपूरका भाई ईशान यो वर्ष २ चलचित्रमा देखिनेछन् । ईशान ईरानियन चलचित्र निर्माता मजीद मजीदीको नयाँ चलचित्र ‘बियोण्ड द क्लाउड्स’को साथमा बलिउडमा आफ्नो पहिलो कदम राख्दैछन् । तर उनको अर्को चलचित्र ‘धडक’ले सबैको ध्यान तानेका छ । जसमा ईशान र जानवी कपूरलाई साथमा देखाइएको छ ।
३. करण देओल
देओल खानदानबाट अब तेस्रो पुस्ता पनि बलिउडमा आफ्नो कदम राख्न तम्तयार छ । सनी देओलका छोरा करण आफ्नो बुवाको नेतृत्वमा चलचित्र ‘पल–पल दिल के पास’को साथमा बलिउडमा डेब्यु गर्नेछन् । यो चलचित्रको निर्देशन स्वयम् सनीले गर्दैछन् । चलचित्रको शुटिङ सुरु भइसकेको छ र यसैवर्ष रिलिज पनि हुनेछ ।
४. सारा अली खान
सैफ अली खान र अमृता सिंहकी छोरी साला अली खान चलचित्र ‘केदारनाथ’मा देखिने छिन् । जुन डिसेम्बरमा रिलिज हुनेछ । अभिषेक कपूरद्वारा निर्देशित यस चलचित्रमा सारा नायक सुशांत सिंह राजपूतको साथमा देखिनेछिन् । सारा अहिलेदेखि नै मिडियाको बिचमा स्थान बनाउन सफल भइसकेकी छिन् ।
५. जानवी कपूर
चलचित्रको घोषणा हुनुपुर्व नै जानवी कपूरले सामाजिक सञ्जालमा सबैको ध्यान आफूतिर ताकेकी छिन् । जानवी एक युवा फेसन स्टाइलिसको रुपमा सबैको मन जित्न सफल भएकी छिन् । नायिका तथा निर्माता बोनी कपूरकी छोरी जानवी करन जोहरद्वारा निर्देशित चलचित्र ‘धडक’मार्फत बलिउडमा प्रवेश गर्दैछिन् ।