राजधानीबाट खाता खोल्यो कांग्रेसले, प्रकाशमान र गगन विजयी

0
395

मंसिर २३ । प्रतिनिधिसभा र प्रदेशसभाको जारी मतगणनामा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले काठमाण्डौबाट खाता खोलेको छ । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह र क्षेत्र नम्बर ४ मा गगन थापा विजयी भएका छन् ।

क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले निकटम प्रतिद्वन्द्वी विवेकशील साझा पार्टीका रविन्द्र मिश्रलाई पराजित गरेका हुन् । सिंहले १० हजार ९ सय ३६ मत ल्याए भने मिश्रले १० हजार १ सय १८ मत ल्याए ।

क्षेत्र नम्बर ४ मा कांग्रेसका गगन थापाले २१५५८ मत पाउँदा वाम गठबन्धनतर्फबाट उम्मेदवारी दिएका नेकपा एमालेका राजन भट्टराईले १८१४० मत पाए ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here