राधी विद्युतको ७ करोड ६४ लाखको आइपीओ खुल्ने

पुष ३ गतेदेखी ७ लाख ६४ हजार ५५० कित्ता आइपीओको बिक्री खुला

0
928

राधी विद्युत कम्पनी लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि साढे सात करोड बढीको साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पुष ३ गतेदेखी ७ लाख ६४ हजार ५५० कित्ता आइपीओको बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले निष्कासन गरेको आइपीओमा छिटोमा पुस ६ गते र ढिलोमा १७ गते सम्म आवेदन गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँ देखि अधिकतम ३,८०० कित्ता अर्थात ३ लाख ८० हजार रुपैयाँसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिगं लिमिटेड रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले आयोजना प्रभावित लमजुङबासीका लागि ४ लाख १० हजार कित्ता र सर्वसाधारणका लागि ६ लाख १५ हजार कित्ता सेयर गरी १० करोड २५ लाख रुपैयाँ बराबरको १० लाख २५ हजार कित्ता सेयर छुट्याएको थियो ।

कम्पनीको अवस्था

राधी विद्युत कम्पनी लिमिटेडको अधिकृत पूँजी एक अर्ब ५० करोड र जारी पूँजी ४१ करोड रुपैँया रहेको छ । कम्पनीले जारी पूँजीमध्ये ३० करोड पचहत्तर लाख संस्थापकहरुबाट संकलन गरिसेकेको छ । साधारण सेयर निष्कासन गरेपछि कम्पनीको चुक्तापूँजी ४१ करोड रुपैयाँ पुग्ने जनाएको छ ।

कम्पनीले घोर्मु गाविस ३ लमजुङमा राधी खोलाको पानी उपयोग गरी ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना निमार्ण गरेको छ । साथै कम्पनीले २०७१ साल जेठ ३१ गतेबाट व्यापारिक रुपमा नै विद्युत्त उत्पादन सुरु गरी राष्ट्रिय ग्रीडमा बिक्री समेत गरिरहेको छ ।

राधी साना जलविद्यूत ६० करोड रुपैयाँमा सम्पन्न भएको आयोजना हो । जसमा बैंक अफ काठमाडौको नेर्तृत्वमा सानिमा, ग्लोबल आईएमई, कुमारी र जनता बैंकले संयुक्त रुपमा ऋण लगानी गरेका छन । साथै कम्पनीेले दोलखामा निमार्ण हुन लागेको ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजनामा समेत लगानी गरेको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here