राष्ट्रपति, प्रधानमन्त्री र अध्यक्षका लागी माओवादीले गरेको प्रस्ताव

0
272

काठमाडौं । नेकपा माओवादी केन्द्रको सोमबारको बैठकले भावी राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्षको नाम प्रस्ताव गरेको छ । बैठकले नेता रामबहादुर थापा ‘बादल’ लाई राष्ट्रपति उम्मेदवारका रुपमा अघि सारेको छ ।

त्यस्तै, प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई र एकीकृत कम्युनिष्ट पार्टीको अध्यक्षमा प्रचण्डलाई प्रस्ताव गरेको माओवादी केन्द्रका एक नेताले बताए । बाम गठबन्धनको दुईतिहाई बहुमत आएसँगै हाम्रो भागमा परेको राष्ट्रपति पदमा बादल कमरेडलाई पठाउने समझदारी पार्टीभित्र भएको छ,’ ती नेताले भने ।

उनका अनुसार ओलीलाई आगामी ५ वर्षका लागि प्रधानमन्त्री र प्रचण्डलाई अध्यक्ष बनाउनेमा माओवादी बैठकमा सबै एकमत देखिएका थिए ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here