राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

0
571

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानान्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र स्वराजबीच भेट भएको थियो।

राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेकी थिइन्। बालुवाटारमा प्रधानमन्त्री देउवा र स्वराजबीच लञ्च मिटिङ भएको  थियो।

भेटमा दुई देशको सम्वन्ध सुधारबारे कुराकानी भएको र स्वराजले निर्वाचन सम्पन्न गरेकोमा बधाइ दिएकी भारतीय विदेश मन्त्रालयले जनाएको छ।

यसअघि उनले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्डका साथै राजपा र फोरम नेताहरूलाई भेट गरिसकेकी छन्।

उनी आज साँझ भारत फर्कने कार्यक्रम छ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here