राजधानीमा आज प्रकाशित सबैजसो पत्रिकाहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणामकै समाचारहरुलाई प्राथमिकता दिएका छन् । समानुपातिक मत परिणाममा एमाले नै अगाडि रहेको, राष्ट्रिय सभा गठन पछि मात्रै नयाँ सरकार बन्ने, राष्ट्रिय सभा गठन गर्नका लागि कानुन नबनेको लगायतका समाचारहरु आजका पत्रिकाहरुमा प्रकाशित भएका छन् ।