काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन माघ २५ गते गर्न प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीले भेट गरी माघ २५ गते राष्ट्रियसभाको निर्वाचन गर्न प्रस्ताव गरेको प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।
प्रधानमन्त्री देउवासँगको भेटमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले राष्ट्रियसभा सदस्य निर्वाचनको मिति माघ २५ गते बिहीबार हुने गरी मिति घोषणा गर्न उपयुक्त हुने परामर्श दिएको घिमिरेले जानकारी दिएका छन् । प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद बैठकले यसबारेमा निर्णय गर्ने बताएका थिए ।