राष्ट्रियसभा निर्वाचन माघ २४ गते

0
405

२१ पुस, काठमाडौं । सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।

आयोगले माघ २५ को मिति प्रस्ताव गरेको थियो । यद्यपि एमाले र माओवादीको वाम गठबन्धनले त्यसअघि नै चुनाव गर्नु पर्ने माग गर्दै आएका थिए ।

५९ सदस्यीय राष्ट्रियसभाका ५६ जना (प्रत्येक प्रदेशबाट ८/८ जना) प्रदेशहरुबाट चुनिनेछन् । तीन जना राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । राष्ट्रियसभामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुनेछन् । यद्यपि मतभार भने फरक फरक हुनेछ ।

निर्वाचन आयोगले प्रत्येक प्रदेशमा मतदान गराउने तयारी गरेको छ । निर्वाचन एकल संक्रमणीय र बहुमतीय दुबै प्रक्रियाबाट हुनेछन् । खुला सदस्य र महिला गरी ४२ जना एकल संक्रमणीयबाट चुनिनेछन् भने दलित र अपाङ्ग तथा अल्पसंख्यक १४ जना बहुमतीयबाट चयन हुनेछन् ।

 

मन्त्रिपरिषदले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको म्याद एक वर्ष थप्ने निर्णय गरेको छ । यी दुवै आयोगको विस्तारित अवधि आगामी माघ २६ गते सकिदैछ । आयोगको म्याद थपिएसँगै अहिलेकै पदाधिकारीले निरन्तर काम गर्नेछन् ।

 

मन्त्रिपरिषदले प्रदेश प्रमुख र प्रदेश राजधानी तोक्ने भनिएपनि आज तोकेको छैन । श्रममन्त्री फरमुल्लाह मन्सुरले भने, ’अर्को क्याविनेट बैठकले यसबारे निर्णय लिनेछ।’

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here