काठमाडौँ: लामो विवादपछि अन्तत्: राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङसँगको भेटपछि राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरण गरेकी हुन्।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले अध्यादेश प्रमाणीकरण भएको जानकारी दिए। राष्ट्रपतिको भनाई उद्रृत गर्दै अधिकारीले भने ‘राजनीतिक दलबीचको विवाद मिलाउन प्रयास गर्दा पनि दलीय सहमति नभएपछि संवैधानिक दायराभित्र रहेर विधेयक प्रमाणीकरण गरेकी हुँ।’
राष्ट्रपतिसँग बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि भेट गरेका थिए। एकल संक्रमणीय वा बहुमतीय निर्वाचन प्रणाली भन्ने विवादमा अध्यादेश करिव दुई महिनादेखि विचराधीन थियो।