नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूले निर्वाचन आयोगलाई राष्ट्रिय सभा निर्वाचनको समय तालिकाका विषयमा ध्यानाकर्षण गराउने भएका छन्। एमाले नेता सुवास नेम्वाङको नेतृत्वमा दुवै दल सोमबार दिउँसो आयोगमा ध्यानाकर्षण गराउन जाने भएका हुन्।
राष्ट्रिय सभा निर्वाचन, प्रतिनिधि सभा निर्वाचन परिणाममा भएको ढिलाइका विषयमा छलफल गर्न वाम गठबन्धनका नेताहरू दिउँसो तीन बजे आयोग जाने कार्यक्रम छ। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि तीस दिनको आन्तरिक कार्यतालिका निर्माण गरेको छ।
राष्ट्रिय सभा गठन नभए पनि प्रतिनिधि सभाको मतपरिणाम घोषणा गर्नुपर्ने एमाले नेताहरुको माग छ। आयोगले भने राष्ट्रिय सभाको मतपरिणाम बिना प्रतिनिधिसभाको समानुपातिकमा महिला सहभागिता टुङ्गो लगाउन नसक्ने बताउँदै आएको छ।