रोमासँग पराजित हुँदै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

0
554

स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलबाट बाहिरिएको छ। इटालियन क्लब रोमाले दोस्रो लेगमा उत्कृष्ट प्रदर्शन गरेपछि बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको हो।

क्वाटरफाइनलको पहिलो लेगमा घरेलु मैदानमा ४–१ के जित निकालेको बार्सिलोनाले दोस्रो लेग अन्तर्गत मंगलबार राति इटालियन क्लब रोमाको मैदानमा ३–० ले पराजित भयो। यो खेलसँगै क्वाटरफाइनलको समग्र नतिजा ४ – ४ गोलको बराबरी हुँदा रोमाले अवे गोलका आधारमा सेमिफाइनलमा स्थान बनायो। दोस्रो लेगमा गोल गर्न नसकेको बार्सिलोना प्रतियोगिताबाट बाहिरियो।

दोस्रो लेगमा रोमालाई महत्वपूर्ण जित दिलाउने क्रममा इडेन डिजेको, ड्नियल डी रोसी र कोस्टास मानोलासले गोल गरे।

ओलम्पिक स्टेडियममा खेलको छैटौं मिनेटमा डेज्कोले गोल गर्दै रोमालाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अघि रहेको रोमाले दोस्रो हाफमा २ गोल गर्‍यो।

खेलको ५८ औं मिनेटमा रोसीले पेनाल्टीमा गोल गर्दै रोमाको अग्रता दोब्बर बनायो। त्यसपछि खेलको ८२ औं मिनेटमा मानोलासले गोल गर्दै रोमालाई ३–० को सनसनीपूर्ण जित दिलाए।

रोमाबिरुद्ध बल पोजिसनमा पकड जमाएपनि बार्सिलोनाले गोल फर्काउन सकेन र क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो। रोमा सन् १९८४ पछि कुनै पनि महत्वपूर्ण युरोपियन प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here