लगातार तीन दिन सार्वजानिक बिदा

0
397

काठमाडौं, १५ मंसिर । सरकारले आज सार्वजनिक बिदा दिएपछि देशभरका सरकारी कार्यालयहरु लगातार तीन दिन बन्द रहने भएका छन् ।

चुनावको मुखमा लगातार कार्यालय बन्द रहँदा सेवाग्राही भने मर्कामा पर्ने भएका छन् ।गृह मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै हजरत मुहम्मद सलल्लाहो अलैहे वोसल्लमको जन्मदिनका अवसरमा शुक्रबार बिदा दिने निर्णय गरेको हो । भोलि शनिबार नियमित साप्ताहिक बिदा हो भने पर्सी आईतबार किरात समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पूर्णिमा परेकाले बिदा छ ।

सरकारले पृथ्वी जयन्तीको अवसरमा पुष २७ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसैगरी, इसाइ धर्मावलम्बीहरुको पर्व क्रिसमसको दिन पुस १० गते सोमबार पनि बिदा दिने निर्णय गरेको छ ।

यसअघि राजपत्रमा प्रकाशित सूचनामा सरकारले क्रिसमसको दिन इसाइ धर्मावलम्बी कर्मचारीहरुलाई मात्र बिदाको व्यवस्था गरेको थियो ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here