लायन्स क्लब काठ्माडौं एभरेष्ट सनसाइनको रक्तदान कार्यक्रम सम्पन्न

0
467

काठ्माडौं, पुष १६ । लायन्स क्लब काठ्माडौं एभरेष्ट सनसाइनले रक्तदान कार्यक्रम आयोजना गरेको छ । पौष १५ गते शनिबार माछापोखरी बालाजु स्थित एभरेष्ट डायमण्डको प्राङ्गणमा कार्यक्रम सम्पन्न गरिएको छ । क्लबका अध्यक्ष लायन पुकार छन्त्यालको नेतृत्वका साथै नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेम सागर कर्माचार्यसंगको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको छ ।

बिहान १० बजेनै आइपुगेको रेडक्रसकको टोली र क्लबका सदस्यहरुको सहकार्यमा १० बजेर २५ मिनेटमा रक्तदान कार्यक्रम सुरु भएको थियो । रक्तदान गर्न इच्छुक कोहि नयाँ कोही पुराना देखिएको भिडमा सबै उमेर समुहका व्यक्तिहरुको उपस्थिति रहेको थियो । ४४ बर्षमा पहिलो पटक रक्तदान गर्ने पनि आएका थिए भने २३ वर्षको उमेरमा १४ औं पटक रक्तदान गर्न पनि आएका थिए ।

‘रक्तदान जीवनदान’ को महत्वलाई बुझेका २३ वर्षीय बसन्त पुडासैनीले निभाएको जिम्मेवारीप्रति रक्तदानका लागि आएका अन्य व्यक्तिले पनि उनको कार्यप्रति प्रशंसा व्यक्त गरेका थिए । त्यसैगरी २० वर्षको उमेरबाट रक्तदानमा सरिक रहेका अर्का २८ बर्षीय हेमन्त पराजुली १५ औं पटक रक्तदानमा सरिक भएका थिए ।

१५२ औं पटक रक्तदान गरिसकेका नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष ‘ भन्छन् अहिले रगतको अभाव धेरैनै खड्किएको हुनाले हामी स्वयं रगत संकलनमा खटेका छौं । हाम्रो सानो सहयोगले यदि कसैले जीवन पाउँछ भने मानवताको नाताले हामीले सहयोग गनुपर्छ’ । दिउँसो २ बजेसम्म संचालनमा रहेको कार्यक्रममा ९५ प्वाईन्ट रगत संकलन भएको थियो ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here