लेबनानस्थित अमेरिकी दूतावासअगाडि प्रदर्शन

0
386

मंसिर २५, २०७४-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिएको विरोधमा लेबनानस्थित अमेरिकी दूतावासमा भएका प्रदर्शनमा हिंसात्मक झडपहरू भएका छन् । राजधानी बेरुतको उत्तरमा अमेरिकी दूतावासनजिकै सयौंको संख्यामा प्रदर्शनकारीले ट्रम्पको निर्णयको विरोध गरिरहेका छन् । बीबीसीका अनुसार प्रदर्शनकारीलाई भगाउन सुरक्षाकर्मीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेका छन् । कालो कपडा र सेतो स्काफ लगाएका प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति ट्रम्पका विरुद्ध नाराबाजी गरेका थिए ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here