वडा अध्यक्षको निर्देशनमा प्रती जग्गामा बनेको घर भत्काइयो

0
196

तार्केश्वर नगरपालिका ५ मा अबस्थित रुद्रमति क्रियापुत्री भवनसंगैको प्रतिजग्गा मिचिर निजि घर निर्माण गरिएको घरको कम्पाउन भत्काइएको छ ।

वडाध्यक्ष बासु गौतमको निर्देशमा घरको कम्पाउन भत्काएको स्थानीय विश्वनाथ तिमिल्सिनाले जानकारी दिए ।

प्रतिजग्गा मिचिर घर निर्माण गरिएको बिषयमा स्थानीयले चर्को बिरोध गर्दै कार्वाहीको माग गर्दै आएका थिए । वडाअध्यक्ष बासु गौतम र इन्जिनियर आर्यालको कामबाट प्रतिजग्गा जोगाउन सक्रिय तार्केश्वरवासी हर्षित भएको समेत तिमिल्सिनाले बताए ।

स्थानीय विश्वनाथ तिमिल्सिना निरन्तर प्रतिजग्गा जोगाउन सक्रियता देखाउदै आएका वडाअध्यक्ष गौतमले प्रतिजग्गा तारकेश्वरवासीको सार्वजनिक सम्पति भएको भन्दै विभिन्न बहानामा मिचिएका प्रतिजग्गा अब कुनै हालतमा नछाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

ञतार्केश्वरमा ञप्रतिजग्गाझ मिचेर निजी आवास निर्माण, निरिह बन्यो नगरपालिकाझ भन्ने समाचार गण्डकी टाइम्सले प्रकाशित गरेको थियो।

प्रतिजग्गा मिचिएको समाचार सार्वजनिक भएपछि वडाध्यक्ष गौतम र इन्जिनियर अर्यालले घरको कम्पाउन भत्काउन दिर्देशन दिए पनि घरधनीले विभिन्न बहाना बनाउदै आलटाल गर्दै आएका थिए ।

दसौं वर्षदेखि कब्जा गरिएको प्रतिजग्गा फिर्ता गर्नु वडाअध्यक्ष बासु गौतमसंगै तार्केश्वरवासीको ठुलो सफलता नेकपा एमाले तार्केश्वेर वडा५ का सचिव बलराम धितालले बताए ।

स्थानीय शिक्षक हरि प्रसाद दाहालले प्रतिजग्गा जोगाउने वडाअध्यक्षको कदमले दसौं वर्ष पुरानो सपना पुरा भएकोका खुशी व्यक्त गरे ।

Facebook Comments

comments