वर्षा बाधक बन्दा नेपाल एसिया कपमा छनोट हुन बञ्चित, युएई फाइनलमा

0
20
महिला क्रिकेट

मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका कारण रद्द हुँदा युएई फाइनलमा पुगेको छ।

किन्रारा एकेडेमी ओभलमा नेपालको इनिङ्ग्स सकिएलगत्तै वर्षाले रोकिएको थियो। यसअघि अश्मिना कर्माचार्यले युएईको ५ विकेट लिएपछि फाइनल प्रवेशका लागि नेपालले ८२ रनको लक्ष्य पाएको थियो।

तर नेपालले वर्षाका कारण ब्याटिङ गर्न पाएन। उत्कृष्ट बलिङ गरेकी अश्मिनालाई ‘म्याच बल’ दिइएको छ। खेलको नतिजा नआएपछि खेलको प्लेयर अफ दि म्याच भने घोषणा गरिएन।

युएई यसअघि समूहमा अपराजित थियो। समूह विजेता बनेको आधारमा युएईलाई सेमिफाइनलमा विजेता घोषणा गरिएको हो।

Facebook Comments

comments