६० र ७० को दशकमा बलिउडमा हिट फिल्म दिएका शशि कपुर ७९ बर्षको उमेरमा सोमबार निधन भयो । ‘कन्यादान’, ‘शर्मीली’, ‘जब जब फूल खिले’, रोटी कपडा और मकान’, ‘चोर मचाए शोर’, ‘दिवार’ जस्ता एक सय ६० बढी फिल्म दिएर उनी सधैका लागि अस्ताए । केहि समयदेखि उनी मृगौला सम्बन्धी रोगले थलिएका थिए । शशि कपुर १८ मार्च १९३८ मा कोलकातामा जन्मिएका थिए ।