शीतलहर प्रभावितलाई सेनाको राहत

0
366

परासी — चिसोबाट प्रभावित नवलपरासी पश्चिमका विपन्न परिवारलाई नेपाली सेनाले न्यानो कपडा वितरण गरेको छ ।

परासीमा बुधबार सरावल गाउँपालिका–९ मोजरहिया गाउँका अति विपन्न समुदायलाई कपडा र पोषिलो खाना वितरण गरेको हो । कालीध्वज गणका गणपति प्रमुख सेनानी सुजनबहादुर मल्लले शीतलहरबाट प्रभावित जेष्ठ नागरिक र बालबालिकाहरुलाई लत्ताकपडा र पोषिलो खानेकुरा  बितरण गरेका थिए ।
नेपाली सेनाले न्यानो कपडा वितरण
नेपाली सेनाले न्यानो कपडा वितरण
बढ्दै गएको शीतलहरबाट प्रभावित समुदायमध्ये त्यस गाउँका ५६ जना जेष्ठ नागरिक र ५० जना बालबालिकाहरुलाई राहत वितरण गरिएको हो । गणको आन्तरिक स्रोतबाट वितरण गरिएको लत्ता कपडासँगै नाबालकहरुलाई पोषिलो दूध र विस्कुट वितरण गरिएको हो ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here