सडकमा पुगेपछि एकताको स्वर !

0
367

पुष,११ गते । मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको नेपाल कम्युष्टि पार्टी क्रान्तिकारी माओवादी र नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी एकताको पहल शुरु भएको जनाईएको छ ।

माओवादी केन्द्र एमालेमा पतन भएको निश्कर्षसहित दुई पार्टीका शीर्ष नेताहरुको उच्च स्तरीय बैठकले क्रान्तिकारी कम्युनिष्टहरु बीचको वैचारिक, राजनीतिक, संगठनात्मक एकीकरण तथा ध्रुवीकरण आवश्यक भएको बताएका छन् ।पार्टी एकताका लागि पहल गर्ने निर्णयसहित दुई पार्टीका महासचिव किरण र विप्लवले संयुक्त विज्ञप्ती जारी गरेका छन् ।

विज्ञप्तिको पूर्ण पाठ

संयुक्त विज्ञप्तिमा राष्ट्रिय स्वाधिनता, जनतान्त्रिक अधिकार तथा पेशागत हकअधिकारको मुद्दामा संयुक्त संघर्ष र जनयुद्ध, शहिद सप्ताह र जनआन्दोलन लगायतका दिवस संयुक्त रुपमा मनाउने उल्लेख छ ।

यही २०७४ पौष ६ देखि ९ गतेसम्म महासचिव कमरेड किरणको अध्यक्षतामा हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक बस्यो । बैठकमा लिइएका महत्वपूर्ण निर्णयहरुलाई यस प्रेसविज्ञप्ति मार्फत् सार्वजनिक गरिएको छ ।

१) बैठकको प्रारम्भमा विश्वक्रान्ति, नेपाली क्रान्ति, विभिन्न जनआन्दोलन र जनयुद्धमा सहादत प्राप्तगर्ने सम्पूर्ण ज्ञात—अज्ञात अमर योद्धाहरुप्रति एक मिनेट मौन धारणगरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।

२) बैठकमा महासचिव कमरेड किरणद्वारा तात्कालिक राजनीतिक प्रस्ताव प्रस्तुत गरियो । आवश्यक छलफल तथा परिमार्जन पश्चात् सो प्रस्ताव सर्बसम्मत रुपमा पारित गरियो । सो प्रस्तावको मूल मर्म यस प्रकार रहेको छ :

क) प्रतिक्रियावादीहरु तथा प्रतिक्रियावादमा पतन भएका दक्षिणपन्थी संशोधनवादीहरुले यस निर्वाचनबाट संक्रमण कालको अन्त्य, लोकतान्त्रिक गणतन्त्रको संविधानको कार्यान्वयन र इतिहासको नयाँ अध्याय तथा नयाँ युगको थालनी भएको बताएका छन् । परन्तु, बास्तविक अर्थमा नेपालमा प्रतिक्रान्तिको अर्को अध्यायको थालनी भएको छ । हामीले प्रतिक्रान्तिको यस अध्यायको अन्त्य र नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नका लागि विशेष परिश्रम गर्न जरुरी छ ।

ख) पार्टीले पश्चगामी राज्यसत्ता, व्यवस्था तथा त्यसका पक्षधर राजनीतिक दलहरुको भण्डाफोर, जनाधार निर्माण लगायतका कामलाई अगाडि बढाउने उद्देश्यमाथि ध्यानदिदै देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारुहरुलाई सघाई संसदीय निर्वाचनको उपयोग गर्ने नीति लिएको थियो । सो उद्देश्यमा आधारित उपयोगको नीति मूलतः सही नै रहेको छ । साथै यस प्रक्रियामा हाम्रा कतिपय कमी कमजोरी तथा सीमा पनि उजागर भएका छन् । यस प्रकारको स्थिति र अनुभव माथि आवश्यक ध्यान दिंदै संगठन र जनसंबन्धका काममा दृढतापूर्वक लाग्नु पर्ने शिक्षा हासिल गरिएको छ ।

ग) राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका साथै मजदूर, किसान, महिला, दलित, आदिबासी जनजाति, मधेशी, मुश्लिम तथा पिछडिएको क्षेत्र लगायत आम जनताका हक अधिकारसित सम्बन्धित समस्याहरुको तात्कालिक तथा दीर्घकालीन समाधान गर्दै संघीय जनगणतन्त्रको दिशामा अगाडि बढ्नका लागि स्वतन्त्र तथा संयुक्त रुपमा संघर्षको सञ्चालन गर्न आवश्यक छ ।

३) सो बैठकमा संगठन विस्तार तथा सुदृढिकरण र जनपरिचालन सम्बन्धी तीन महिने अभियान संचालन गर्ने निर्णय लिइएको छ ।

४) केन्द्रीय समितिद्वारा सर्बसम्मत रुपमा पोलिटव्युरो र स्थायी समितिको चयन गरिएको छ ।

५) बैठकमा केन्द्रीय समितिका सदस्यहरुको कार्यविभाजन गरिएको छ । र संगठन सम्बन्धी अन्य विविध प्रकारका निर्णय लिइएका छन् ।

६) सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकतावद्ध गर्ने उद्देश्यमाथि जोडदिंदै माक्र्सवाद—लेनिनवाद—माओवादको पथप्रदर्शनमा नयाँ जनवाद हुदै समाजवाद तथा साम्यवादमा जानचाहने कम्युनिस्ट समूहहरुसित वार्ता-संवादको प्रक्रिया अगाडि बढाउनका लागि आवश्यक पहलगर्ने निर्णय लिइएको छ । साभार टुडे खबर

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here