सन्नी लियोनीको कार्यक्रम तय भएकोमा सामुहिक आत्मदाहको चेतावनी

0
473

पोर्न फिल्मको पृष्ठभूमि भएकी अभिनेत्री सन्नी लियोनी बलिउडमा राम्रैसँग स्थापित भइसकेकी छिन् । तर भारतीय समाजले उनलाई अझैसम्म पचाउन सकेको छैन ।

सन्नीले ३१ डिसेम्बरको रातमा बैंगलौरमा आयोजना हुने न्यू इयर इभ प्रोग्राममा विशेष प्रस्तुति दिने कार्यक्रम छ । यसै कार्यक्रमलाई लियर बैंगलौरमा एउटा समुहले सन्नी लियोनीको बहानामा सामुहिक आत्मदाहको चेतावनी दिएको छ । बैंगलौरमा सन्नीको विरोधमा उत्रिएको प्रो कन्नड ग्रुप ‘कर्नाटक रक्षना वेदिका युवा सेना’ ले १५ जिल्लामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । यस दौरानमा सडकमा नारावाजी तथा सन्नीको पोष्टर जलाउने काम भइरहेको छ । यसैबीच उक्त युवा सेनाले धम्की दिएको छ कि यदि सन्नीको कार्यक्रम रद्द गरिएन भने सेनाका सदस्यहरुले सामुहिक आत्मदाह गर्नेछन् ।

विरोध प्रदर्शन गरिरहेको समुहका महासचिव सइद मिनाजले भने, ‘सन्नी भारतीय होइनन् । उनको बारेमा सबैलाई थाहा छ कि उनी पहिले कहाँ थिइन् र के काम गर्थिन् । यस्ती युवतीलाई ल्याएर कार्यक्रम गर्नु हाम्रो संस्कृतिको अपमान हो ।’

सन्नीको बिगतलाई लियर भारतमा धेरै पटक यस्ता बिरोध कार्यक्रमहरु भईसकेका छन ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here