समता माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद जारी गर्ने

0
366

बाराको सिमरामा केन्द्रीय कार्यालय रहेको समता माइक्रोफाइनान्स (SMATA) ले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रकृया अगाडि बढाएकाे छ । लघुवित्तले दुर्इ बराबर एक अनुपातमा एक लाख ७९ हजार ६०० कित्ता हकप्रद जारी गर्न लागेको हाे ।

समता माइक्रोफाइनान्सले हकप्रद सेयर निष्काशनका लागि एनआईबिएल एस क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ ।

५० प्रतिशत हकप्रद जारी गर्नका लागि लघुवित्तले चैत १३ गते निवेदन दर्ता गराएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । हकप्रद जारी गर्ने प्रस्ताव कम्पनीकाे गत मंसिर १६ गते सम्पन्न चाैथाे बार्षिक साधारण सभाले पारित गरेकाे थियाे ।

गत बर्षकाे नाफाबाट २० प्रतिशत बाेनस वितरण गरेकाे लघुवित्तको चुक्ता पूँजी तीन करोड ८९ लाख २० हजार रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी पाँच करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।

बिहीबार लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ६१९ रुपैयाँमा कारोबार भएको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here