समानुपातिकमा विवेकशील र राप्रपा संघर्षरत

अहिलेसम्म ५ दलको मात्र तीन प्रतिशतभन्दा बढी मत

0
407

प्रतिनिधिसभाको समानुपातिकतर्फको करिब ७१ प्रतिशत मतगणना सकिएको छ। १ करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये ७५ लाख १४ हजार ३ सय ६१ मत गणना भइसकेको छ ।

प्रत्यक्षतर्फ एकतर्फी अग्रता लिएका एमाले समानुपातिकमा पनि अगाडि छ। एमालेले अहिलेसम्म कुल मतको ३४ प्रतिशत ल्याएको छ। माओवादी केन्द्रले १३.६० प्रतिशत मत ल्याएको छ। प्रत्यक्षमा तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसले समानुपातिकमा सुधार गर्दै ३३.२१ प्रतिशत मत पाएको छ। संघीय समाजवादी फोरम नेपालले ४.६ प्रतिशत मत ल्याइसकेको छ। यस्तै राष्ट्रिय जनता पार्टीले ३.९ प्रतिशत मत ल्याएको छ।

नयाँ शक्ति पार्टी नेपाल, राप्रपा(प्रजातान्त्रिक), राष्ट्रिय जनमोर्चाले थ्रेसहोल्ड कटाउन नसक्ने देखिएको छ। राप्रपा र विवेकशील नेपालले पनि थ्रेसहोल्ड कटाउन सकेका छैनन्, तर उनीहरु थ्रेसहोल्डको नजिक छन्। राप्रपा र विवेकशीलले समान २.२६ प्रतिशत मत ल्याएर संघर्ष गरिरहेका छन्।

कसको कति मत ?

नेपाल कम्युनिष्ट पार्टी (एमाले)- २५८३५८८
नेपाली कांग्रेस- २४९६६५६
माओवादी केन्द्र- १०२१७३४
संघीय समाजवादी फोरम, नेपाल- ३४५६८६
राष्ट्रिय जनता पार्टी नेपाल-   २९१७३४
विवेकशील साझा पार्टी – १७०२९८
राष्ट्रिय प्रजातन्त्र पार्टी  – १६९१९३
नयाँ शक्ति पार्टी, नेपाल- ६८०२०
अन्य- ३६७४५२

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here