समिट लघुवित्तको लाभांश घोषणा

0
188

समिट लघुवित्त (SMFDB) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको २५.२८५३१६ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

सजिलो लघुवित्तसँग मर्जर सम्पन्न गरि भर्खरै एकिकृत कारोबार थालेकोले कम्पनीले वितरण गर्ने बोनशमा कर नलाग्ने कम्पनीले जनाएको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्। हाल ३९ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनश वितरणपश्चात चुक्ता पूँजी ४९ करोड ४० लाख रुपैयाँ पुग्नेछ।

Facebook Comments

comments