सरकारले जनादेश रोक्ने दुष्प्रयास गर्दैछ : नेम्वाङ्ग

0
462

सरकारले ताजा जनादेशलाई रोक्ने दुष्प्रयास गरेको नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ्गले आरोप लगाउनुभएको छ । झापाको दमकमा पत्रकारहरुसँग नेता नेम्वाङ्गले राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेशका नाममा बखेडा झिकेर जनादेश प्राप्त जनप्रतिनिधिलाई आफ्नो काम गर्नबाट बञ्चित गराउन खाजेको बताउनुभयो । नयाँ सरकारका लागि तत्काल बाटो खोलिदिन समेत नेम्वाङले प्रधानमन्त्री शेरवहादुर देउवासमक्ष आग्रह गर्नुभयो ।

संविधानमा व्यवस्थै नभएको निर्वाचन प्रणाली जबरजस्ती लाद्न खोजेको नेम्वाङ्गको आरोप छ । कांग्रेसले आफ्नो संख्या बढाउन यस्तो बखेडा झिकेको नेम्वाङ्गले बताउनुभयो । एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया नियमित रहेकाले पार्टी एकतामा कुनै शंका नगर्न उहाँले आग्रह गर्नुभएको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here