सरकारले युद्धविराम उलंघन गर्यो

0
610

जुबा । सुडान पिपल्स लिबरेशन आर्मीले दक्षिणी सुडानको सरकारी पक्षबाट नै युद्धविरामको उलंघन भएको आरोप लगाएको छ।

पूर्व प्रथम उपराष्ट्रपति रिएक माचार नेतृत्व गरेको विद्रोही समूहले सरकारी पक्षबाट लगातार युद्धविरामको उलंघन भइरहेको बुधबार बताएको छ।

सरकारी पक्षबाट विद्रोहीहरू माथि मंगलबार मानवीय क्षति नै हुनेगरी राजधानी नजिकै आक्रमण भएको भन्दै सो समूहले सरकारी पक्षमा दोषारोपण गरेको हो।

“मंगलबार बिहान स्थानीय समयअनुसार झण्डै १०:३० बजेतिर सरकारी सुरक्षाकर्मीहरूले विद्रोहीहरू माथि आक्रमण गरेका छन्,” विद्रोहीका उपप्रवक्ता लाम पौल गाव्रिले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले थपे, “उनीहरूले राजधानी लुरीदेखि तीन किलोमिटर टाढा पर्ने वुनु ल्याटमा आक्रमण गरेका हुन्।”

दुई वटा जीपमा आएका आक्रमणकारीहरूले आक्रमण गरेपछि मारिएका चार जनाको शव घटनास्थलमै छाडेका थिए । आक्रमणमा परी अरु ६ जना घाइते पनि भएको उप प्रवक्ता गाब्रिले जानकारी दिए।

दक्षिणी सुडानमा संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूको रोहबरमा सरकारी पक्ष र विद्रोही पक्षका बीचमा सन् २०१५ को अगस्तमा शान्ति सम्झौता भएको थियो। रासस/सिन्ह्वा

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here