काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको छ। एमाले र माओवादीबीच जारी गतिरोध अन्त्य, सरकार निर्माण र पार्टी एकता प्रक्रियालार्इ तीव्रता दिनका लागि आज दिउँसो १ :१५ बाट उनीहरूबीच छलफल सुरू भएकाे हाे ।

शुक्रबार चितवनतर्फ लागेका दाहाल मंगलबार अपराह्न राजधानी फर्किएका थिए। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गरेका एमाले र माओवादीले निर्वाचनपछि पार्टी एकता गर्ने घोषणा गरेका थिए। तर निर्वाचन पछि भने उनीहरुबीच एकताको विषयमा तिब्र छलफल चल्न सकेको छैन। यसैबीच दुई पार्टीका अध्यक्षबीचमा छलफल भएकाे हो।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here