सलमान खान नेपाल आउँदै, संगै यी बलिउड कलाकारहरु पनि आउने

0
376

एजेन्सी । बलिउड अभिनेता सलमन खान काठमाडौं आउने भएका छन् । ओडीसी इनटरटेन्मेन्टले सलमानलाई लयाउने भएको हो । करिब ७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौं ल्याएर ओडीसी इन्टरटेन्मेन्टले अहिलेसम्मकै ठूलो सांगीतिक कार्यक्रम गरेको थियो । यही आउँदो फागुन २६ गते टुडिखेलमा ‘दबंगः द सलमान खान लाइभ इन नेपाल’ हुँदै छ । उक्त कन्सर्टमा सलमान सहभागी हुने भएका हुन् ।

खुशीको खबर योहो की, सलमान एक्लै नेपाल आउन लागेका होइनन् । उनीसँगै प्रभु देउवा, ज्याक्लीन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श लगायतका कलाकार पनि नेपाल आउने भएका हुन् । उक्त कन्सर्टमा २५ हजार दर्शक प्रत्यक्ष सहभागी हुन सक्ने जनाइएको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here