सलमान जेठमा काठमाडौँ आउने

0
367

काठमाडौँ । भारतीय अभिनेता सलमान खानसहित बलिउड कलाकारहरु ‘द–ब्याङ्ग’ टुरमा आगामी जेठमा नेपाल आउने भएका छन् ।

यसअघि, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विरोधपछि फागुन २६ गते हुने भनिएको पूर्व निर्धारित कार्यक्रम सुरक्षाको कारण देखाउँदै रद्द भएको थियो ।

कार्यक्रमका आयोजक ओडिसी इन्टरटेनमेन्टका अनुसार अब कार्यक्रम १२ जेठमा काठमाडौँको टुँडिखेलमा आयोजना हुनेछ ।

कृष्णसार शिकारको मामिला सलमान जेल चलान भएपछि कार्यक्रमबारे अन्यौलता थपिएको थियो । सलमानले सो मुद्दामा जमानत पाए पनि देश बाहिर जान नपाउने भनिएको छ ।

जेए इभेन्टसले विज्ञप्ति जारी गर्दै सलमान आउने कार्यक्रमको नयाँ तालिका सार्वजनिक गरेको हो ।

कार्यक्रमका आयोजक तथा ओडिसीका अध्यक्ष सिमान्त गुरुङले कार्यक्रमका लागि डेढ महिना समय बाँकी भएकाले आजबाटै जोडतोडका साथ तयारी शुरु गर्ने बताए ।

‘टिकट पनि अर्को साताबाट बिक्री वितरण शुरु गर्छौं,’ उनले भने, ‘यसमा पुरानै टिकट चलाउँछौँ । पहिले बेचेको करिब २ हजार टिकट फ्यानहरुसँगै छ, त्यो टिकट उहाँहरुले विश्वास गरेर होल्डमा राखिदिनुभएको छ ।’

गुरुङले ग्लोबल आइएमई बैंक, भाटभटेनी लगायतका मुख्य स्थानबाट टिकट वितरण शुरु गर्ने तयारी गरेको पनि जानकारी दिए ।

उनले सुरक्षा प्रवन्धका लागी पहिले नै अनुमति पाएको बताउँदै अब सुरक्षा निकायलाई पनि जानकारी गराएर थप तयारी पूरा गर्ने बताए ।

‘पहिले टिकट वितरण भएको हेर्दा २५ देखि ५० हजार टिकट विक्री हुने अनुमान गरेका छौं,’ गुरुङले भने ।

आडिसी इन्टरटेनमेन्टले राष्ट्र बैंक मार्फत खानलाई ६ करोड बढी पैसा पठाइसकेको गुरुङले दाबी गरेका छन् ।

कार्यक्रमको १० देखि १२ करोडको लागत अनुमान गरिएको छ ।

कार्यक्रममा सलमानसहित सोनाक्क्षी सिन्हा, कृति सानोन, प्रभुदेवा, डेजी शाह, मित ब्रोज, मनिष पल र डान्स क्रुहरु आउने छन् ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here