सलमान र कैटरीनाको ‘टाइगर जिन्दा हे’ हेर्न जाँदै हुनुहुन्छ ? एकपटक रिभ्यू पढ्नुहोस्….

0
474

जनरा : एक्सन-ड्रामा
निर्देशक : अली अब्बास जफर
स्टार कास्ट : सलमान खान, कैटरीना कैफ, सज्जाद डेलाफ्रूज, अंगद बेदी, कुमुद मिश्रा, गिरीश कर्नाड
म्यूजिक : विशाल-शेखर
प्रोड्यूसर : आदित्य चोपडा
निर्देशक अली अब्बास जफरको फिल्म ‘टाइगर जिन्दा हे’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । यो फिल्म २०१२ मा आएको फिल्म ‘एक था टाइगर’को सिक्वेल हो । ‘टाइगर जिन्दा हे’ खतरनाक एक्सनले भरिपूर्ण छ । यसअघि सलमान खान र अली अब्बास जफरले फिल्म ब्लकबस्टर फिल्म ‘सुल्तान’मा काम गरेका थिए ।

कस्तो छ फिल्म ?
फिल्म ‘टाइगर जिन्दा हे’ पावर प्याक्ड एक्सन र देशभक्तिमा आधारित छ । फिल्मको कथा ४० जना नर्सलाई बचाउन निस्किएका टाइगर (सलमान खान) र जोया (कैटरीना कैफ) को वरिपरि घुमेको छ । यी नर्समा २५ भारतीय र १५ पाकिस्तानी हुन्छन् । नर्सलाई इराकको आईएसआईएसले किडन्याप गरेको हुन्छ । यस्तैमा अमेरिकाले भारतलाई ७ दिनभित्र नर्सलाई आईएसआईएसको जालबाट नछुटाए बम विस्फोट गर्ने बताउँछ ।

नर्सलाई छुटाउन भारत-पाकिस्तानले संयूक्त रुपमा प्रयास थाल्छ र यो कामका लागि भारतको तर्फबाट टाइगर अर्थात्, सलमानलाई रोजिन्छ । यस्तै, पाकिस्तानको तर्फबाट सलमानलाई जोया उर्फ कैटरीनाले साथ दिन्छिन् । एक्सन र ड्रामाबाट भरपूर यो फिल्ममा के टाइगर र जोया आईएसआईएसको अड्डासम्म पुग्न सक्छन् ? के उनीहरुले नर्सलाई छुटाउन सफल हुन्छन् ? यो सबै जान्नका लागि भने तपाई एकपटक सिनेमा घरमा नै जानु पर्ने हुन्छ ।

निर्देशन
‘टाइगर जिन्दा हे’ डाइरेक्टर अली अब्बास जफरको फिल्म हो । फिल्मको निर्देशकीय पक्ष सबैभन्दा अब्बल छ । फिल्ममा सलमान-कैटरानीले गरेको एक्सन सीन हेर्न लायकको छ । हिउँमा जंगली कुकुरसँग सलमानको घम्साघम्सी भयानक देखिन्छ । यस्तै, सलमानले बोल्ने घतलाग्दा डाइलग्सले हलमा तालीको कमी हुन दिँदैन । फिल्म केही लामो लाग्न सक्छ तर तपाईलाई दिकदार हुन भने दिँदैन ।

अभिनय
एकपटक फेरि सलमान खानले जर्बजस्त एक्सनमा कमब्याक गरेका छन् । उनको अभिनयले सबैलाई दिवाना बनाउँछ । सलमानसँगै कैटरीनाको एक्सन अवतार पनि दमदार छ । अन्य कलाकारले पनि आफूले पाएको भूमिकालाई न्यायपूर्वक निर्वाहा गरेका छन् । भिलेनको भूमिकामा ईरानी एक्टर सज्जाद डेलाफ्रूजले बेजोडको अभिनय गरेका छन् ।

म्यूजिक
फिल्म गीतसंगीतका कारण पनि बलियो बनेको छ । फिल्मको ब्याकग्राउण्ड म्यूजिक निकै राम्रो छ । दुई गीत ‘स्वग से स्वागत’ र ‘दिल दिया गल्ला’ फिल्म रिलिज अगाडि नै हिट भइसकेका छन् ।
बलिउड भाष्करले ३.५/५, कोइमोइले ४/५ र आजतकले ३.५ स्टार रेटिङसहित ‘टाइगर जिन्दा हे’ पैसा असुल फिल्म रहेको लेखेका छन् । यो फिल्म संसारभर करीब ५ हजारभन्दा बढी ‘स्कृन’मा रिलिज भएको छ । फिल्मको कूल बजेट १५० करोड रहेको छ । भारतीय फिल्म विश्लेषकका अनुसार, ‘टाइगर जिन्दा हे’ले विकेन्डमा सय करोडको आँकडा पार गर्नेछ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here