सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्तिको तयारी

0
350

सरकारले बिहीबारको मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सातै प्रदेशमा प्रमुख नियुक्ति गर्न आन्तरिक छलफल अघि बढाएका छन्। प्रदेश सभा सदस्यको सपथ ग्रहण प्रदेश प्रमुखले गराउने संविधानमा उल्लेख छ। प्रधानमन्त्री देउवाले आगामी सरकार वाम गठबन्धनको बन्ने भएकाले राजनीतिक पृष्ठभूमिभन्दा बाहिरकालाई नियुक्त गर्ने तयारी गरेका छन्।

प्रदेश प्रमुख नियुक्त हुनेको नाम टुंगो लागिसकेको नभए पनि त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, पूर्वप्रधानसेनापति रुक्मांगत कटवाल, सर्वोच्च अदालतका पूर्वन्यायाधीश रामनगिना सिंह, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला लगायतको नाम चर्चामा रहेको ती नेताले बताए।

सेतोपाटीबाट

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here