सानो स्तन ठूलो चिन्ता

0
421

काठमाडौं । सरकारी जागिरे, रीतिथिति मिल्ने केटासँग विवाहको कुरा चल्दा पनि एक कन्याले लगनगाँठो कस्न हिचकिचाइन ।

केटामा कुनै खोट थिएन तर, पनि उनले विवाह गर्ने आँट गरिनन् । कन्यालाई आफूमा कमजोरी भएको महसुस भइरहेको थियो । उनका स्तन साना थिए । बिहेपछि उनले कमजोरी ठानेको विषयले दाम्पत्य जीवनमा खटपट आउँछ कि भन्ने डर थियो । उनी यही कमजोरी हटाउन सकिन्छ कि भनेर अस्पताल धाइरहेकी छिन् ।

उनले डाक्टर भट्टराई लाई भनेकी थिइन, साथीहरुले केटाको जस्तो छाती भनेर मलाई गिज्याँछन् । सानो स्तनका कारण भोली श्रीमानले नराम्रो व्यवहार गर्ने पो हो कि भन्ने उनमा डर छ । त्यही भएर बिहे गेर्ने आँट गरिनँ । किशोरीहरुमा स्तनको साइजका थुप्रै भ्रम रहेको पाइनछ । जसले गर्दा उनीहरुमा चिन्ता तथा डिप्रेसनको समस्या देखिएको छ ।

स्तनको साइज तथा लिंगको आकारले सेक्स लाइफमा खासै फरक पार्दैन मनोचिकित्सक डा रवि शाक्य भन्छन् । साना स्तन भएकी युवतीसँग सेक्स गर्दा कम मज्जा आउने र ठूला स्तन भएका महिलासँग सेक्स गर्दा बढी मज्जा आउने भन्ने पनि होइन । सेक्स ९५ प्रतिशत भावनात्मक कुरा हो भन्न बुझ्न नसक्दा धेरै जना साइजको पछिलागेर डिप्रेसनको सिकार भएका छन् ।

सम्पूर्ण

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here