सार्वजनिक जग्गामा भू-माफियाको चलखेल

0
464

२९ मंसिर, सिमरा । बाराको जितपुरसिमरा उपमहानगरपालिका-२३ मा बस्दै आएका सुकुम्वासी दलितहरुको जग्गाको लालपुर्जा अर्कै व्यक्तिको नाममा भएको भेटिएपछि उनीहरु बसोबास उठ्ने डरले पीडित बनेका छन् । वि.सं. २०५५ साल पुसमा सुकुम्बासी समाधान आयोगको नक्कली प्रमाण पेस गरी करिब २० बिगाह सार्वजनिक जमिनको व्यक्तिको नाममा पुर्जा बनेको भेटिएको छ ।

मालपोत कार्यालयमा सुकुम्वासी समाधान आयोगको सिफारिस लिएर पुगेका उनीहरुले मातपोतले पुर्जा बनाइदिन नमानेपछि पुनरावेदन हुँदै सर्वाेच्च अदालतसम्ममा उजुरी गरेका थिए । यता, मालपोतले भने पाण्डेले दाबी गरेको जग्गाको श्रेस्ता नभेटिएको र सो जग्गा हालसम्म पनि नेपाल सरकारकै नाममा रहेको लिखित पत्र पठाएको छ ।

करिब २० बिगाह जग्गाको नक्कली पुर्जा बनाइ सदर गर्न मालपोतका कर्मचारीको मिलोमतोमा त्यहाँ रहेको पुरानो कित्ताको रेकर्डलाई गुमनाम बनाई नक्कली पुर्जा फाइलको बीचमा राखिएको पाइएको हो ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here