सिटी छाडेर आर्सनल लागे जेसस

0
34

ब्राजिलियन फरवार्ड गाब्रियल जेसस इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी छाडेर अर्को इंग्लिस क्लब आर्सनलमा आबद्ध भएका छन्। उनी आर्सनलमा ४५ मिलियन पाउन्डमा आबद्ध भएको बीबीसीले जनाएको छ। २५ वर्षीय जेससलाई भित्र्याउन युरोपका अन्य क्लबले पनि चाहे पनि आर्सनलसँग सम्झौता हुन लागेको हो।

सिटीमा २०१७ मा आबद्ध भएका उनले २३६ खेलमा ९५ गोल गरे। पाँच वर्षअघि उनी ब्राजिलियन क्लब पाल्मेइरासबाट सिटीमा आबद्ध भएका थिए। सिटीबाट उनले चार प्रिमियर लिग, तीन लिग कप र एक एफए कपको उपाधि जिते।

सिटीले यसअघि नर्वेजियन फरवार्ड इर्लिङ हाल्यान्डलाई जर्मन क्लब बोरूसिया डर्टमन्डबाट आबद्ध गरेको थियो। जेससले गत सिजन प्रिमियर लिगका २८ खेल खेल्दा ८ गोल र ९ एसिस्ट गरेका थिए। सन् २०१६ मा ब्राजिलियन टिममा डेब्यू गरेका उनले ५६ अन्तर्राष्ट्रिय खेलमा १९ गोल गरेका छन्।

Facebook Comments

comments