सिरहामा बम विष्फोट, ६ जना घाइते

0
405

९ चैत, काठमाडौं । सिरहाको लहान नगरपालिकामा बम विष्फोट हुँदा ६ जना घाइते भएका छन् ।

स्थानीय विकास सारडाको सुन चाँदी पसलमा बम विष्फोट हुँदा ६ जना घाइते भएका हुन् । उनीहरुको स्थानीय सप्तऋषि हस्पिटलमा उपचार भइरहेको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताए ।

सारडाको पसलमा सुन किन्न आउने एक युवकले ल्याएर राखेको सामान उनी गएको केही समयपछि विष्फोट भएको प्रहरीको भनाइ छ । ती युवक गएको केही समयपछि विष्फोटन भएकाले ‘टाइम बम’ हुन सक्ने आशंका प्रहरीको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here