‘सिरानमा फोटो छ’ चित्र मार्फत् भिडियोमा कलात्मक प्रस्तुति नेपथ्यको

0
638

नेपाली मौलिक लोकभाका संकलन गरी नयाँ स्वादमा पस्किन सिपालु नेपथ्यले केही समय अघि १४ वर्ष पहिले संकलित गीतलाई यूट्युबमार्फत नयाँ रूपमा सार्वजनिक गरको थियो । राम्चेभन्दा माथि रसुवा र नुवाकोटको सीमाबाट संकलन गरी रिकम्पोज गरेको गित हो । जीवन धान्न परिवारजन र आफन्त छोडेर विदेश जानेहरूको पीडा यसमा देख्न सकिन्छ ।

‘मै मरी जाउँला…जीवन छोटो छ
लेखेको सम्झना, च्यातेर नफाल
सिरानमा फोटो छ 
सिरानमा फोटो छ…

गीतभित्र नै यसको भाव छ । गीतमा नै कथा हुन्छ । गीतको स्क्रिप्टलाई संगीत निर्देशकले कसरी प्रस्तुत गर्ने भन्ने उसको कुरा हो । त्यो गीत संकलन गर्ने वेलामा भाइबहिनीहरूले मलेसियाको र कतारको कुरा गर्नुभएको थियो । गाउँका अधिकांश युवायुवती मलेसिया गएका थिए । गीतमा विदेश जाने अवस्था र त्यो वेलाको पीडा छ । यस्मा चित्र मार्फत् भिडियोमा कलात्मक प्रस्तुति गरिएको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here