सि.जि. आई एम मा ‘रोटा क्यूज’ सम्पन्न

0
456

राम राज आचार्य, रोट्रयाक्ट डिस्ट्रिक ३२९२को आयोजनामा सि.जि. इन्सिच्युट अफ म्यानेजमेन्टमा ‘रोटा क्यूजको’ आयोजना गरियोको छ। रोट्रयाक्ट जोन ५ का बिभिन्न ९ क्लबहरु सहभागी रहेको उक्त प्रतिस्पर्धा बाट रोट्याक्ट क्लब काठमाडौंले प्रथम स्थान हासिल गर्दै माघ १३ गते चितवनमा हुने रोट्रयाक्ट डिस्ट्रिक कन्फ्रेन्समा प्रतिस्पर्धाको लागि आफ्नो सहभागीता सुनिश्चित गरेका छन्।

विजयी टिमलाई पुरस्कार वितरण गर्दै जोन ५ का जेड आर.आर. राेट्रयाक्टर राेशन कार्कीले यस सस्था सम्बन्धि जानकारी तथा ज्ञान विकास अभिवृद्धि होस् भन्ने उदेश्यले विगत ३ वर्ष देखि राष्ट्रिय स्तरमा आफुहरुले आयोजना गर्दै आएको बताउनु भयो।

स्व.रोट्रयाक्ट सन्तोष पौडेलको सम्झनामा आयोजना गरिएको उक्त कार्यक्रमको नारायण काजि खड्काको सञ्चालनमा भएको थियो भने रोट्रयाक्ट क्लब अफ त्रिपुरेश्वरकी अध्यक्ष तथा सि.जि. इन्सिच्युट अफ म्यानेजमेन्टकी छात्रा निकिता रेग्मिको समायोजनमा भएको थियोे ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here