सुडाल स्वास्थ्य चाैकी मिनी अस्पतालमा परिणत

साेमबारदेखि सुरू प्रयाेगशालामा सुगर, फास्टिङ, युरिक एसिड, युरिया क्रेटिनेन, बिल रूविन( जन्डिस) , टाेटल प्राेटिन, एल्बाेमिन, टिजी, काेलेस्ट्राेल, एचडिएल, एलडिएल, हेमाेग्लाेबिन, आरए फ्याक्टर, सिआरपी, टाेटल काउन्ट, आरबिसी, ईएसआर, युरिन जाँच, दिशा जाँच, स्पुटम (खकार जाँच), वेडाल्ड ट्स्ट( टाईफाइड), एचआईभीलगायत परीक्षण हुनेछन् ।

0
125

चाँगुनारायण नगरपालिका वडा नं ८ सुडालकाे स्वास्थ्य चाैकीमा आधारभूत प्रयाेगशाला सुरू भएकाे छ । साे प्रयाेगशालाकाे उद्घाटन चाँगुनारायण नगरपालिकाका नगरप्रमुख साेम प्रसाद मिश्रले गरे । प्रयाेगशालाकाे उद्घाटनमा नगरप्रमुख मिश्रले विकासका हिसाबले पिछडिएकाे सुडालमा जनप्रतिनिधि चुनिएसँगै विकासका आयाम वृद्धि भएकने बताए छन ।

उनले स्वास्थ्य चाैकीकाे स्तराेन्नतिसँगै सुरू भएकाे प्रयोगशालाले साे स्वास्थ्य चाैकी मिनी अस्पतालमा परिणत भएकाे बताए । ` याे एक प्रकारले मिनी अस्पताल बनेकाे छ, यसले सुडालबासीका सपना पूरा गर्न सहयाेग मिल्नेछ´, उनले भने ।

उनले नगरपालिकाले भाैतिक विकासमा मात्र ध्यान नदिई शिक्षा, स्वास्थ्य, राेजगारीकाे क्षेत्रमा पनि काम गरिरहेकाे उल्लेख गर्दै प्रयाेगशालाकाे भरपूर उपयाेग गर्न आग्रह गरे ।
सुडालकाे मिश्राटारमा रहेकाे स्वास्थ्य चाैकीमा साेमबारदेखि सुरू प्रयाेगशालामा सुगर, फास्टिङ, युरिक एसिड, युरिया क्रेटिनेन, बिल रूविन( जन्डिस) , टाेटल प्राेटिन, एल्बाेमिन, टिजी, काेलेस्ट्राेल, एचडिएल, एलडिएल, हेमाेग्लाेबिन, आरए फ्याक्टर, सिआरपी, टाेटल काउन्ट, आरबिसी, ईएसआर, युरिन जाँच, दिशा जाँच, स्पुटम (खकार जाँच), वेडाल्ड ट्स्ट( टाईफाइड), एचआईभीलगायत परीक्षण हुनेछन् ।
ल्याब असिस्टेन्ट उर्मिला जमकट्टेलले प्रयाेगशालामा विभिन्न राेगहरूसँग सम्बन्धित परीक्षण हुने बताउँदै ग्रामीण क्षेत्रमा सुरू ल्याबले स्थानीयलाई सहायता पुग्ने बताइन् ।

Facebook Comments

comments