१४ पुष भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टि भक्तपुरका संस्थापक अध्यक्ष स्वर्गीय सुरेन्द्र प्रताप शाहको तेस्रो वार्षिक स्मृति सभा सम्पन्न भएको छ ।
राप्रपा प्रजातान्त्रिक जिल्ला कार्य समितिको आयोजनामा सम्पन्न सभामा बोल्नु हुँदै पार्टिका केन्द्रीय अध्यक्ष पशुपति शमशेर जबराले सुरेन्द्र प्रताप पार्टिप्रति इमानदार र लगनशील व्यक्ति भएको र भक्तपुरका सम्पूर्ण कार्यकर्ता इमानदार भएकोमा आफु ढुक्क भएको बताउनु भयो ।
कमलविनायकको स्टार बैँक्वेटमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका क्षेत्रिय सभापति जीवन खत्री, नेकपा माओवादी केन्द्र भक्तपुरका जिल्ला संयोजक डि.पी ढकाल लगायतका वक्ताले स्वर्गीय सुरेन्द्र प्रताप भक्तपुरको विकासको आयाम भएको र उहाँले पटकपटक जिल्ला विकास समिति भक्तपुरको सभापति हुँदा सिङ्गो जिल्लाको विकासको लागि महत्वपूण योगदान पुर्याउनुभएको बताएका थिए ।