सुर्तीजन्य पदार्थमा कर बढाउन सरोकारवालाको सुझाव`

0
250

पुष,६ गते । नेपालमा सुर्तीजन्य पदार्थमा लगाइने कर दक्षिण एसियामै कम भएकाले त्यसलाई बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । काठमाडौंमा बुधबार आयोजित ‘एड्भान्सिक टोबाको कन्ट्रोल इन नेपाल’ विषयको राष्ट्रिय गोष्ठीमा बोल्ने वक्ताले सुर्तीजन्य पदार्थको सेवनमा कमी ल्याउन यसमा लगाइने कर वृद्धि गर्नुको विकल्प नभएको बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले नेपालले सुर्तीजन्य पदार्थको प्रयोगलाई न्यून गर्ने अभियानलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नसर्ने रोग बढाउनमा सुर्तीजन्य पदार्थले बढावा दिन्छ, यसको प्रयोग कम गर्न यस्ता पदार्थको मूल्य बढाउनै पर्छ ।” उहाँका अनुसार वार्षिक रु ३२ अर्ब यसको व्यवस्थापनमा खर्च हुने गरेको छ । उहाँले सुर्तीजन्य पदार्थमा कर बढाउन राजनीतिक दल, अर्थ मन्त्रालय, सञ्चारकर्मी, सरोकारवाला सबैसँग पहल थाल्न आग्रह गर्नुभयो ।

सुर्तीजन्य पदार्थमा लाग्ने कर वैज्ञानिक नभएको र सहज र सस्तोमा यस्ता पदार्थ पाइने हुँदा बच्चा र किशोरसमेत धूमपानको लतमा फसिरहेको विज्ञहरुको भनाइ छ ।

राम्रा र उत्कृष्ट कानून बनेको भएपनि यसको नियमन भने फितलो हुँदा समस्या भइरहेको उनीहरुको भनाइ छ ।
विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा खुर्शिद आलम हैदरले मस्तिष्क, श्वासप्रश्वास र क्यान्सरजस्ता रोग नियन्त्रण गर्न कर बढाउनै पर्नेमा जोड दिनुभयो भने दी युनियन एसिया प्यासिफिक सिंगापुरका उपक्षेत्रीय निर्देशक सिंगापुरका डा तारासिंह बमले सुर्तीजन्य पदार्थ प्रयोगदर घटाउन कर बढाउनुपर्ने र त्यसका लागि राजनीतिक प्रतिबद्धता महत्वपूर्ण भएको बताउनुभयो ।

एसियामै सबैभन्दा सस्तो मूल्यमा चुरोट नेपालमा पाइने गरेको बताइन्छ । विश्वमा २१ प्रतिशत सुर्तीजन्य पदार्थ प्रयोगकर्ता रहेको अनुमान छ । सुर्तीजन्य पदार्थको प्रयोग घटाउन सके ११ प्रतिशतले मृत्युदर घटाउन सकिने स्वास्थ्य मन्त्रालयको भनाइ छ । उक्त कार्यक्रम राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चारकेन्द्र, दी युनियन एसिया प्यासिफिक सिंगापुर, एक्सन नेपाल र अमेरिकी क्यान्सर सोसाइटीको संयुक्त आयोजनामा भएको हो ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here