काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी विशेष दूतका रूपमा बिहीबार काठमाडौं ओर्लन लागेकी विदेशमन्त्री सुष्मा स्वराजसामु यही छेकमा नेपाल–भारत सम्बन्धलाई ठीकठाक पुनर्जागृत गर्ने अवसर उपलब्ध छ।
भारतीय विदेशमन्त्री स्वराजको साथमा नवनियुक्त विदेशसचिव विजय गोखले, विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारलगायत उच्चस्तरीय टोली हुनेछ। टोलीमा समावेश हुने कूटनीतिज्ञ र सरकारी प्रतिनिधिको सूची हेर्दा भारतले यो भ्रमणलाई निकै महत्व दिएको बुझ्न सकिन्छ। सरकारी स्रोतका अनुसार स्वराजको टिमले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, आसन्न सत्ता नेतृत्वकर्ता एमाले अध्यक्ष केपी ओली अनि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललगायतसँग भेट्नेछ।
अन्नपूर्णपोष्टबाट