सेनामा जागिरको अवसरः सैन्य र प्राविधिकमा १७ सय ४१ जनशक्ति माग

21
2406

काठमाडौँः नेपाली सेनाले सैन्य र प्राविधिक सेवा गरी एकैपटक १७ सय ४१ जनशक्ति माग गरेको छ।

सेनाले सैन्यतर्फ १५ सय ८० र प्राविधिकतर्फ १६१ जनशक्ति आह्वान गरेको हो। खुला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ।

सैन्यतर्फ जंगी अड्डा, तथा सबै पृतना र बाहिनीका लागि छुट्टाछुट्टै पदपूर्तिको सूचना निकालिएको छ। जंगी अड्डामा खुला तथा समावेशी गरी २०० सैन्य माग गरिएको छ।

यस्तै, सहायक पण्डित, अमल्दार कर्मचारी, ड्राइभर, सुचिकार, कुचिकार सिकर्मी लगायतका प्राविधिक दरबन्दीमा जनशक्ति माग गरेको छ।

आवेदकले जंगी अड्डा तथा अन्य विज्ञापन भएका भर्ना केन्द्रहरुमा आवेदन दिन सक्नेछन्। माघ २१ गतेदेखि फागुन २८ गतेसम्म दरखास्त दिन सकिनेछ।

Facebook Comments

comments

21 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here