सेन्ट्रल जोन भलिबलमा नेपाली महिला टिमको वियजी सुरुवात, श्रीलंका पराजित

0
30

एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले विजथयी सुरुवात गरेको छ। साविक विजेता नेपालले बिहीबार भएको खेलमा श्रीलंकालाई ३-२ को सेटमा पराजित गरेको हो। नेपालले सुरूवाती दुई सेट गुमाउनुका बावजुद उत्कृष्ट पुनरागमन गर्दै उत्कृष्ट जित हात पारेको हो।

पहिलो सेट र दोस्रो सेट श्रीलंकाले २५-१९ र २५-२१ ले नेपालला ई हराएको थियो। तेस्रो सेटमा नेपाल २५-१५ ले विजयी हुँदा चौथो खेलमा २५-१९ को जित निकाल्दै खेललाई बराबरीमा ल्यायो।  निर्णायक पाँचौ सेटमा नेपाल १५-१३ ले विजयी भयो। नेपाली महिला टिमले भोलि दोस्रो खेलमा माल्दिभ्ससँग खेल्नेछ। पुरुष टिमले आज आयोजक बंगलादेशसँग भिड्नेछ।

Facebook Comments

comments