काठमाडौं, ५ माघ । यो साता नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १२७२८ कारोबारबाट एक अर्ब नौ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरका २४ लाख ६१ हजार छ सय कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।
कारोबार रकम गत साताको भन्दा ३५.९८ प्रतिशत कम हो । गत साता १७४ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १७३९३ कारोबारबाट एक अर्ब ७१ करोड १२ लाख ८४ हजार रुपैयाँ बराबरका ४१ लाख पाँच हजार दुई सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २४.५८ अंकले घटेर अन्तिम दिन १४०६.५२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ५.३४ अंकले घटेर २९६.८६ अंकमा आईपुगेको छ ।
यो साता कारोबार रकम १९ करोड आठ लाख १० हजार रुपैयाँको आधारमा सानिमा माई हाईड्रोपावर लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या चार लाख ४७ हजार कित्ता र कारोबार संख्या ११८४ वटाको आधारमा पनि सानिमा माई हाईड्रोपावर लिमिटेड अग्रस्थानमा रहेको छ ।
यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि तीन दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।