सोम प्रसाद मिश्र, शिक्षक देखि मेयर सम्म : एक परिचय

0
552

 

यस नगरमा ३९ वटा सामुदायिक विद्यालय छन्, जसमा १४ वटा माध्यमिक विद्यालय (मावि) छन् । बाँकी २५ वटा आधारभूत विद्यालय (आवि) छन् । यसमा पनि ६ वटा आविमा विद्यार्थी छैनन् ।

मेरो जन्मस्थल ताप्लेजुङमा विद्यालय शिक्षा सुरु हुदै गर्दा नयाँ शिक्षा ऐन आयो । ऐन लागु हुनुपूर्व ३५ पैसामा पढ्न पाइन्थ्यो । नयाँ शिक्षा ऐनले ३ रूपैयाँ लाग्ने भयो । बुबा सानैमा बित्नुभएको, दाइहरू पनि विदेश जानुभएको थियो । महँगो भएकाले मेरी आमाले मलाई नपढाउने भन्नुभयो । ४ महिना विद्यालय पनि गइनँ । एक दिन प्रअसहितको टोली मलाई लिन आउनुभयो । उहाँहरूले आर्थिक रूपमा विद्यालयबाट नै सहयोग गर्ने कुरा गर्नुभयो । त्यसपछि कक्षा ८ सम्म मैलै त्यहीँको जनता माविमा पढेँ । एकजना विद्यार्थीले मात्र निरन्तर रूपमा छात्रवृत्ति नपाउने भएकाले ९ कक्षामा शिक्षकहरूले नै पैसा उठाएर कोष खडा गर्नुभयो । उच्च शिक्षा खोपिङ विद्यालयबाट गरेँ, निःशुल्क रूपमै । एसएलसी सोही विद्यालयबाट उर्तीण गरेँ । त्यसपछि बसाइँ सरेर सुदूरपूर्व गयौँ । ताप्लेजुङबाट कैलालीमा बसाइँ सरेर गएका थियौँ । मेरो शिक्षाको अवस्था हेर्ने हो भने एसएलसी ताप्लेजुङ, प्रमाणपत्र तह काठमाडौं, स्नातक भक्तपुर तथा स्नातकोत्तर ललितपुरबाट छ ।

म २०४३ सालमा काठमाडौं आएँ । त्यसबीचमा एक वर्ष विद्यार्थी आन्दोलनका क्रममा जेल परेँ। ०३५ देखि नै पार्टीमा लागेँ । बसाइँ सर्दै, काम गर्दै म भक्तपुर आएँ । यहीँ काम गर्दै कोठामा बसेँ । पछि बिस्तारै घर बनाएँ । भूकम्पले मेरो पनि घर भत्कियो । त्यसपछि कोठामा बसेँ । चुनाव हँुदा मेरो पनि घर थिएन । तर, केही साथीले यसको यहाँ घर छैन, भोट दिनुहुन्न समेत भने । तर पनि जनताले मलाई विश्वास गरेर भोट दिनुभयो, जिताउनुभयो । यस क्षेत्रमा प्रवेश गर्नुपूर्व म शिक्षण पेसामा आबद्ध थिएँ । मेरो जीवनको पहिलो पेसा नैशिक्षण हो । मेरो जीवनमा शिक्षण पेसा र राजनीति सँगसँगै अगाडि बढेको हो । मैले ०४३ बाट नरदेवी माध्यमिक विद्यालयमा शिक्षण गरेको थिएँ । ०६० बाट सरकारी विद्यालयमा प्रवेश गरेँ । आदर्श माविमा काम गरेँ । त्यसपछि ठिमीको एक विद्यालयमा ३ वर्ष पढाएँ । ३ वर्ष बेतलबी बिदामा बसेँ । त्यसपछि ३ वर्ष यसै नगरपालिकामा रहेको महेन्द्रग्राम माविमा आबद्ध भएँ । त्यहाँ १ वर्ष काम गरेपछि प्रध्यानाध्यापक भएँ । मेरै कार्यकालमा प्लस टु कक्षा सञ्चालन गरेँ । त्यसभन्दा पहिले म नालाको स्प्रिङ बोर्डिङ स्कुलमा पनि ३ वर्ष प्रधानाध्यापकका रूपमा थिएँ । शिक्षक सेवा आयोगमा मैले ०५२ मा परीक्षा दिएँ । ०६० मा लिखित परीक्षाको नतिजा प्रकाशन भयो । अन्तर्वार्ताको नतिजा ८ वर्षपछि आयो । त्यसमा मेरो नाम पनि निस्कियो । यसैबीच म जिल्ला विकास समितिको सदस्य भएँ । त्यस समयमा कमलविनायकमा एकता विद्यालय खोलेका थियौँ । त्यसमा म प्रिन्सिपल भएँ ।

०५४ को चुनावमा म जिल्ला विकास समिति भक्तपुरको सदस्य भएँ, जसको म्याद ०६३ सम्म रहेको थियो । यसपछि रोकिएको अन्तर्वार्ताको नतिजा आयो । महेन्द्रग्राम माविमा प्रधानाध्यापक भएको समयमै म नेकपा एमालेको केन्द्रीय सदस्य भएको थिएँ । त्यसपछि मलाई जागिर छोड्ने सोच आयो । त्यस समयमा विद्यालयमा विव्यस पनि थिएन । त्यो पनि गठन गरेँ । त्यसपछि विद्यालय प्रधानाध्यापकका लागि ७ महिना गृहकार्य गरेँ । डोल्पाको एकजना साथीलाई ल्याएर बनाएँ । मुलुकमा २० वर्षपछि मात्र स्थानीय तहको चुनाव भएको छ । चुनाव हुनुभन्दा पहिले कर्मचारीले सञ्चालन गर्दै आएका थिए । यसले गर्दा जनताको इच्छा, आकांक्षा तथा चाहना पूरा हुन पाएका थिएनन् । यसका कारण स्थानीय जनता धेरै नै उत्साहका साथ चुनावमा सहभागी हुनुभयो । सोहीअनुरूप नतिजा पनि आएको छ । लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि आएका कारण जनताले हामीप्रति धेरै नै आशा राख्नुभएको छ । चाँगुनारायण नगरपालिका क्षेत्रफलका हिसाबले उपत्यकाभरिकै सबैभन्दा ठूलो नगरपालिका हो । कामपाभन्दा पनि १२ वर्गकिलोमिटर बढी क्षेत्रफल ओगटेको यसको क्षेत्रफल ६३ वर्गकिलोमिटर छ । तर, जनसंख्याका हिसाबले यो सानै छ । तर पनि बस्तीहरू छरिएर रहेका छन् । अहिले सबैस्थानीय तहको प्रमुख कार्य भनेकै भौतिक विकास गर्नु रहेको छ । यहाँ पनि यही नै हो । यहाँको आमजनताको प्रमुख माग भनेकै सडक, खानेपानी र बिजुलीबत्ती हो, जुन सबै एकैपटक विकास गर्नु हाम्रा सामु ठूलो चुनौती छ । यसै पक्षमा हामीले कार्य गर्दै आएका छौँ । यहाँ खानेपानीको स्रोतको समस्या छैन । तर, यसको व्यवस्थापनको समस्या छ । हामीले गत वर्ष खानेपानीका लागि १० वटा डिप बोरिङको सुरुवात गरेका छौँ । यस वर्ष एउटा डिप बोडिङको सुरुवात गरेका छौँ । यसले गर्दा पनि हामीलाई खानेपानीको व्यवस्थापन गर्न केही रूपमा सहयोग पुगेको छ । यस वर्ष नसके पनि अर्को वर्ष सबैका घर–घरमा खानेपानीको पाइप पु¥याउनेछौँ । यसका साथै यहाँ मुख्य सडकमार्गहरूकैविकास गर्नु आवश्यक छ । नेपाल सरकारले नै साढे ४ वर्षपहिले बजेट विनियोजन गरी बनाउन थालेका नगरकोटका बाटाहरू ठेकेदारहरूले म्याद थप्दै आजको दिनसम्म पनि बनाउन सकेका छैनन् । यसका साथै अन्य सडकहरू मर्मत तथा निर्माण गर्नुपर्नेछ । यस नगरपालिकामा ६ सयवटा साना बाटा छन् । त्यसको विस्तार गर्नु आवश्यक छ । हामी यस नगरपालिकाको विकासका लागि दीर्घकालीन योजना बनाएर अगाडि बढेका छौँ । अबको ४ वर्षमा नगरपालिकालाई सफा नगरपालिका बनाउने लक्ष्य छ । पुनर्निर्माण तथा विपद् व्यवस्थापनका लागि दातृराष्ट्रहरूको सहयोगमा ७ करोडको भवन बनाउन लागेका छौँ । यसका साथै यस नगरलाई स्मार्टसिटी बनाउने योजना छ । यहाँ सहरी विकास गर्ने योजनालगायत हामीसँग धेरै नै योजना छन् । तर, हामीसँग काम गर्ने समय छोटो छ ।

शिक्षा क्षेत्रमा हामीले गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य लिएका छौँ । यहाँ मात्र नभएर भक्तपुर जिल्लामै सार्वजनिक परीक्षा समिति, सामुदायिक विद्यालय परीक्षा समितिका साथै प्याब्सन र एन– प्याब्सनका छुटाछुटै परीक्षा समिति छन् । यस वर्षबाट कक्षा ८ मा सामुदायिक र निजी विद्यालयका विद्यार्थीलाई एउटै प्रश्नपत्रबाट परीक्षा लिने तयारी छ । कक्षा ८ का सबैविद्यार्थीलाई एउटै केन्द्र तोकेर परीक्षा लिने तयारी छ । यसका लागि हामीले सामुदायिक र निजी विद्यालयका शिक्षकहरूलाई ल्याएर प्रश्नपत्र बनाएका छौँ । कक्षा ८ का सबैविद्यार्थीलाई एउटै केन्द्र तोकेर परीक्षा लिने तयारी छ । यसका लागि हामीले सामुदायिक र निजी विद्यालयका शिक्षकहरूलाई ल्याएर प्रश्नपत्र बनाएका छौँ । कक्षा ५ बाट कक्षा १२ सम्मका सबै तहका वार्षिक परीक्षा यसरी नै गर्ने योजना छ । यसले गर्दा सामुदायिक विद्यालयमा आफ्नो शिक्षाको विकास गर्न प्रेसर रहन्छ र निजी विद्यालयमा पनि । यस नगरमा ५ वर्षदेखि १४ वर्ष उमेरसमूहका सबै विद्यार्थी विद्यालयमा जान्छन् भन्ने घोषना पनि भएको छ । यसले हामीलाई पुरस्कार प्राप्त भएको छ । यो नेपालको पहिलो नगरपालिका हो, जसले यो घोषणा गरेको छ । तर पनि यहाँ यस समूहका विद्यार्थी बीचैमा विद्यालय छोड्ने समस्या छ । यस नगरपालिकामा धेरै इँटा उद्योग छन् । उद्योगमा अभिभावकहरूसँगै बालबालिका पनि आउने गरेका छन् । उनीहरूलाई पनि हामीले शिक्षा दिएका थियौँ । तर, ६/६ महिनामा आउने र जाने भएकाले गर्दा एकपछिको अर्को सालमा आउँदा उनीहरूको हालत जस्ताको तस्तै हुन्छ । यसले ठूलो समस्या सिर्जना गरेको छ ।

यसको समाधानका लागि यस्ता विद्यार्थी कहाँ–कहाँ छन् खोजेर उनीहरूको समस्या बुझ्ने र सहयोग गर्ने योजना छ । यस नगरमा ३९ वटा सामुदायिक विद्यालय छन्, जसमा १४ वटा माध्यमिक विद्यालय (मावि) छन् । बाँकी २५ वटा आधारभूत विद्यालय (आवि) छन् । यसमा पनि ६ वटा आविमा विद्यार्थी छैनन् । हामीले उहाँहरूलाई विद्यालयलाई मर्ज गरौँ भन्दा उहाँहरू मान्नुभएन । दुईवटा विद्यालयले भने समय–समयमा अभिभावकको भेला गराएर सञ्चालनमा ल्याएका छन् । तर, बाँकी चार विद्यालयले भने काम गर्ने शिक्षक, विद्यालयको भौतिक संरचनाको माग गर्नुभएको छ । सञ्चालनमा ल्याएका विद्यालय सुडालको जितपुरस्थित कृष्ण आवि र नगरकोटको चेतनाशील आवि हुन् । बाँकी विद्यालयमा कुनै मर्जर गर्नुपर्ने अवस्था छ । माविमा १० वटाको अवस्था राम्रो छ, विद्याथीसंख्या र शिक्षाको गुणस्तरका आधारमा पनि । तर ४ वटा विद्यालयमा भने म शिक्षक भएर काम गरेको नाताले र मेयरको नाताले पनि चिन्ता गर्नुपर्ने अवस्था छ । १० वटा विद्यालयमा आवश्यक रूपमा गर्नुपर्ने सुधार गर्ने र यदि त्यस्तो केही भएमा पनि तत्काल सुधार गर्दा पनि पुग्छ । यहाँनिजी विद्यालय २४ वटा छन्, जसमा १३ वटा मावि छन् भने ११ वटा आवि छन् । यहाँका विद्यालयहरूमा पनि अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन भएका छन् । केही विद्यालयले कक्षा १० सम्म गरे पनि केहीले प्रावि तथा आविसम्म नै अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरेका छन् । म विद्यालयमा प्रअ हुँदा नै निजी विद्यालयमा प्रयोग गर्ने पाठ्यक्रम ल्याएर नर्सरी तथा युकेजीमा सुरु गरेको थिएँ । यहाँ विभिन्न समुदायका मानिस बसोवास गर्दै आउनुभएको छ । अहिले अभिभावक तथा विद्यार्थीको अंग्रेजी माध्यमको माग भएकाले गर्दा यसैलाई कार्यान्वयन गर्दै आएका छौँ । यहाँ हामीले मातृभाषामा शिक्षा दिने कार्यको थालनी गरेका छैनौँ । किनकि, कुनै पनि समुदायको बाहुल्य छैन । यसका लागि हामी केही समयपछि योजना बनाएर अगाडि बढ्नेछौँ । तर, हामी स्थानीय पाठ्यक्रम ल्याउने तयारीमा छौँ । कक्षा ६ बाट लागू हुने गरी यो कार्यको थालनी गर्ने योजना छ । यसका लागि हामीले आवश्यक योजना र अध्ययन पनि गरेका छौँ ।

शिक्षकहरूसँग सहकार्य पनि गर्दै आएका छौँ । साथै, शिक्षा विभागका पदाधिकारीलाई बोलाएर पनि अध्ययन गरेका छौँ । उहाँहरूले नेपालभरि २ सय ५३ वटा नगरपालिकामा यो कार्य थालनी गर्ने यो नै पहिलो नगरपालिका भएको बताएर जानुभएको छ । शिक्षामा सुधारका लागि हामीले नयाँ परीक्षा प्रणाली ल्याउने, विद्यालयमा पेन्सन भएका शिक्षकलाइ हटाएर नयाँ युवालाइ ल्याउनेलगायत योजना बनाएका छौं । परीक्षाप्रणालीमा सुधार गरेमा शिक्षकहरूमा माेिटभेसन पनि हुने गर्छ । शिक्षामा आधुनिकता ल्याउने, विद्यालयमा शिक्षकको दरबन्दी र विद्यार्थी संख्याको अनुपात मिलाउने, नयाँ शिक्षा प्रणाली लागू गने योजना छ । यसबीचमा यहाँका २२ जना शिक्षक, जसको पेन्सन भइसकेको छ र सेवानिवृित्तका लागि केही समय बाँकी छ, उहाँहरूले राजीनामा दिनुभएको छ । हामीले उहाँहरूको स्थानमा नयाँ युवापुस्ताका शिक्षक राखेका छौं । यहाँका विद्यालयका प्रअहरूलाइ तालिम पनि दिएका छौं । शिक्षा शाखामा यहाँ हालसम्म राम्रोसँग कार्य हुन सकेको थिएन । हाल शाखाअधिकृत आउनुभएपछि कार्य भइरहेको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here