स्टारले नभई विषयले चलेका तामिल फिल्म

0
524

एजेन्सी । कुनैपनि फिल्म हेर्न जानु पूर्व हामी नायक/नायिका को छन जानेर मात्र फिल्म हेर्न पुग्छौं । तर पनि  फिल्मको अन्तिम फैसला दर्शकले गर्छन्। हरेक फिल्मको मामिलामा यो सत्य सावित हुँदै आइरहेको छ। कुनै पनि फिल्मलाई दर्शकले हिट र फल्प बनाइदिन्छ। बितेको वर्ष पाँच तमिल फिल्महरू आफ्नो विषयको कारण चले। ती फिल्म चल्नुमा स्टारपावर गौण भए।  विषय केन्द्रीत ती फिल्मले हरेक तहका दर्शकहरूको मन जित्दै वक्सअफिसमा आफ्नो दरिलो उपस्थिति जनाए।

  • मनाग्राम : लोकेस कनगराज निर्देशित एक्सन थ्रिलर फिल्म उत्कृष्ट पटकथा र चित्ताकर्षक पात्रका कारण दर्शकको नजरमा रूचाइए। सकारात्मक प्रतिक्रिया बटुल्दै फिल्मले राम्रो ‘वर्ड अफ माउथ’को जगमा बक्सअफिसमा सफल भयो। कम बजेटमा बनेको फिल्मले बक्सअफिसमा गतिलै कमाइ गर्न सफल रह्यो।

  • विक्रम वेधा: रिलिज अगाडि फिल्म पंडितहरूले फिल्मले गतिलो कमाइ नगर्ने अनुमान लगाएका थिए। आर माधवनको प्रमुख भूमिका रहेको क्राइम थ्रिलरले पनि आफ्नो विषयका कारण बक्सअफिसमा तहल्का मच्चायो।

  • अभल : हलिउड, जापानी तथा केही क्लासिक फिल्महरूबाट प्रेरित हरर फिल्मले दर्शकहरूको मन राम्रै गरि जित्यो। एकातर्फ अभिनेता सिद्धार्थको लोकप्रियताले दर्शकलाई राम्ररी तान्यो भने अर्कोतर्फ फिल्मको विषयलाई दर्शकले झनै राम्रो माने। दर्शकको मन जित्दै १० करोड भारूको बजेटमा बनेको फिल्मले ४० करोड कमाइ गर्‍यो।

  • अरम : नयनताराको मुख्य भूमिका रहेको अरमले पनि बक्सअफिसमा कमाल गर्‍यो । फिल्मले नयनताराको स्टारपावरलाई छायाँमा पार्दै आफ्नो विषयलाई फिल्मको सफलताको मुख्य आधारका रूपमा स्थापित गर्‍यो।

  • सत्या : तेलेंगु फिल्मको रिमेक ‘सत्या’ले आफ्नो विषयकै कारण गतिलो कमाइ गर्न सफल भयो। एउटी केटी हराएपछि सुरू हुने सस्पेन्स ड्रामाले दर्शकको मन जित्यो। फिल्मको पटकथा फिल्म चल्ने आधार बन्यो।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here